क्रिकेट विश्वकपको भारत-पाकिस्तान खेलको टिकट माग फाइनलभन्दा बढी, ८४ लाख आवेदन
nepalsamaya.com · Wed Nov 04 03:39:56 UTC 2026
काठमाडौं- सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल हेर्न दर्शकले देखाएको उत्साह फाइनलको भन्दा पनि बढी देखिएको छ। अर्कोबर्ष अक्टोबर १० मा जोहानेसबर्गमा हुने भारत–पाकिस्तान खेलका लागि ८३ लाख ९७ हजार २९४ वटा टिकट आवेदन परेका छन्।
जोहानेसबर्गस्थित उक्त रङ्गशालाको दर्शक क्षमता ३४ हजार मात्र छ। यसअनुसार उपलब्ध सिटभन्दा करिब २४७ गुणा बढी आवेदन परेको छ। नोभेम्बर २१ मा सोही रङ्गशालामा हुने विश्वकप फाइनलका लागि भने ७९ लाख ९४४ वटा आवेदन परेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसीले) जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)