मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारमा भाइ मसलाको आयात र मूल्य दुवै बढ्यो

nepalsamaya.com · Wed Nov 04 03:45:00 UTC 2026

काठमाडौं- तिहार नजिकिएसँगै नेपाली बजारमा भाइ मसला तथा ड्राइफ्रुट्सको आयात र मूल्य दुबै बढेको छ। विशेषगरी तिहारलाई लक्षित गर्दै आयात बढाइए पनि आपूर्ति प्रभावित हुँदा बजारमा भाइमसलाको मूल्य बढेको छ।

गत वर्ष प्रतिकिलो २ हजार २०० रुपैयाँमा बिक्री भएको पिस्ता अहिले ३ हजार ५०० देखि ३ हजार ६०० रुपैयाँसम्म पुगेको छ। कालिमाटीका व्यापारी अनुराग चौधरीका अनुसार अहिले अधिकांश ड्राइफ्रुट्सको मूल्य गत वर्षको तुलनामा बढेको छ। वस्तु हेरेर प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्म मूल्य बढेको उनले बताए। केही वस्तुको मूल्यमा भने अझ बढी वृद्धि भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)