सरकारभन्दा चन्द्र ढकालदेखि उद्योगी व्यवसायी बढी त्रसित !
corporatenepal.com · Wed Nov 04 03:32:37 UTC 2026

काठमाडौं । गत बर्ष भदौ २३–२४ को जेनजी आन्दोलनपछि पूराना दलहरु विस्थापित भई युवाहरु सत्ता राजनीतिमा उदायपछि देशमा आर्थिक विकासले गति लिने, आफूहरुले अनुकुल वातावरणमा उत्साहका साथ काम गर्न पाउने आशा नेपालको निजी क्षेत्रले गरेको थियो । तर त्यो आशा अहिले निराशातर्फ उन्मुखदेखिन्छ ।
उद्योगी व्यवसायी पनि राजनीतिक बेथिति, अस्थिरता, भ्रष्टाचार, अनिश्चयको स्थितिबाट वाक्क भइसकेका थिए । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार, उक्त सरकारले चुनाव गराएपछि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा बनेको झण्डै दुई–तिहाई बहुमतको सरकारबाट धेरै आशा र अपेक्षा गरेको निजी क्षेत्र अहिले निराश बन्दै गएको छ । उद्योगी व्यवसायी त्रसित मनस्थितिमा काम गर्न बाध्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)