सामाजिक सञ्जालको माखेसाङ्लो
ratopati.com · Wed Nov 04 04:04:02 UTC 2026

आजको युगलाई सूचना र सञ्चारको युग भनिन्छ । यस युगको सबैभन्दा ठूलो परिचय बनेको छ सामाजिक सञ्जाल । फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एक्स, भाइबर र ह्वाट्सएपजस्ता माध्यमले मानिसको दैनिक जीवनको ढाँचा नै बदलिदिएका छन् । बिहान उठ्नेबित्तिकै मोबाइल हेर्ने र राति सुत्नुअघि पनि स्क्रिनमै आँखा गाडिरहने बानी अहिले धेरैको साझा दैनिकी हो ।
एक समय चिठी पुग्न हप्तौँ लाग्थ्यो भने आज सात समुद्रपारिका आफन्तसँग एकै क्षणमा अनुहार हेर्दै कुरा गर्न सकिन्छ । यही सुविधा र यही निर्भरताबिच सामाजिक सञ्जालले समाजलाई कता लैजाँदै छ भन्ने प्रश्न गम्भीर खडा भएको छ । यस आलेखमार्फत सामाजिक सञ्जालका सकारात्मक पक्ष, नकारात्मक असर र सन्तुलित प्रयोगका उपायबारे विचार राख्ने प्रयास गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)