कर्णालीबाट एनपीएल खेल्न काठमाडौं आइपुगे डेभिड मिलर
kendrabindu.com · Wed Nov 04 04:12:33 UTC 2026
काठमाडौं । कर्णाली याक्सबाट तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन्। उनी बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका प्रतिनिधिले स्वागत गरेका थिए।
३७ वर्षीय मध्यक्रमका बाया हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो बलियो छाप छाडेका छन्। भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रैलिग खेलेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)