मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुट्टाबारी–प्याकुरेल चोक सडक निर्माण सम्पन्न, आज उद्घाटन गरिँदै

aarthiknews.com

झापा । झापाको बिर्तामोड नगरपालिका–६, ७ र ८ लाई जोड्ने बुट्टाबारी–प्याकुरेल चोक सडक निर्माण सम्पन्न भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा नेपाल शहरी शासकीय पूर्वाधार आयोजनामार्फत निर्माण गरिएको उक्त सडकको आज बुधबार औपचारिक उद्घाटन गरिने तयारि भएको हो ।

बिर्तामोड–६ को बुट्टाबारीवाट खालबारि हुदै विर्तामोड चोक वाट सदरमुकाम भद्रपुर रोड जोड्ने यो सडक कोशी प्रदेशको नै उत्कृष्ट किसिमको बन्न लागेको हो । ६४ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त सडक ६ दशमलव २ किलोमिटर लामो छ । सडक १२ दशमलव ५ मिटर चौडाइको रहेको छ भने दुवैतर्फ २ दशमलव २ मिटरका फुटपाथसमेत निर्माण गरिएको छ । सडक निर्माणको जिम्मेवारी आरपी साप समता जेभीले पाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)