१५ लाखको माला बिक्री गर्ने लक्ष्य, बजार नपाउने चिन्तामा किसान
clickmandu.com · Wed Nov 04 04:15:50 UTC 2026

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका बारी यतिबेला सयपत्री फूलले पहेँलपुर बनेको छ । बारीभरि ढकमक्क फुलेका फूल हेर्दा मन लोभिन्छ । तर, फूलको यही सुन्दरता अहिले यहाँका किसानका लागि खुसीसँगै चिन्ताको कारण पनि बनेको छ । कारण हो–तिहार आउनुअगावै फूल फक्रिनु ।
तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले किसानले यही समयलाई लक्षित गरेर खेती गरेका थिए, तर यस वर्ष तिहार ढिलो परेका कारण फूल दसैँलगत्तै फक्रिएको छ । फूल छिटो फुलेपछि तिहारसम्म बिक्री गर्न सकिने हो कि होइन भन्ने चिन्ताले किसानलाई सताउन थालेको छ । ‘गत वर्ष तिहार छिटो परेको थियो । फूल पनि राम्ररी बिक्री भयो । मागअनुसार पुर्याउनै सकेनौँ,’ चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहकी अध्यक्ष जितमाया रानाले भनिन्, ‘यसपटक तिहार ढिलो छ । फूल भने दसैँलगत्तै फक्रिन थालेको छ । एक हप्ता अगाडि नै फूल फुलेपछि तिहारसम्म बिक्री हुन्छ कि हुँदैन भन्ने चिन्ता लागेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)