स्थानीय तहद्वारा जग्गा वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र
khabarhub.com · Wed Nov 04 04:18:19 UTC 2026

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको अधिकांश स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा स्थानीय नागरिक सेवाबाट वञ्चित भएका छन् । हालसम्म जिल्लाको १३ स्थानीय तहमध्ये पाँच तहले मात्रै जग्गाको वर्गीकरण गरेका छन् ।
तोकिएका समयसीमासम्ममा जिल्लाका आठ स्थानीय तहले वर्गीकरण नगर्दा स्थानीय नागरिक साउनदेखि जग्गाको कारोबार गर्न वञ्चित बनेका हुन् । जिल्ला मालपोत कार्यालय धुलिखेलका अनुसार समयसीमाभित्र तेमाल, रोशी, पनौती, मण्डनदेउपुर र बेथानचोक गाउँपालिकाले भने तोकिएको ढाँचामा जग्गा वर्गीकरण गरिसकेकाले पाँच स्थानीय तहबाहेक अन्यका नागरिकले नापी र मालपोत कार्यालयबाट अंशबण्डाबाहेकको जग्गा कारोबारबाट वञ्चित बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)