विदेशमा सिकेको सीप गाउँमै प्रयोग, च्याउखेतीबाट आत्मनिर्भर बन्दै अन्तराम
bishowkhabar.com · Wed Nov 04 04:16:21 UTC 2026

काठमाडौं – वैदेशिक रोजगारीबाट फर्किएपछि फेरि रोजगारीको खोजीमा भौँतारिने युवाका लागि डडेल्धुराका अन्तराम जोशी उदाहरण बनेका छन्। विदेश जाने क्रममा सिकेको सीप र काठमाडौंमा हासिल गरेको व्यावहारिक अनुभवलाई गाउँमै प्रयोग गरेर उनी व्यावसायिक च्याउखेतीमार्फत आत्मनिर्भर बन्न सफल भएका छन् ।
गन्यापधुरा गाउँपालिका–१ रुवाखोला (असिग्राम)का जोशी अहिले आफ्नै गाउँमा सिताके र कन्या च्याउको व्यावसायिक खेती गरिरहेका छन् । उनले २०७७ सालदेखि परालमा कन्या च्याउ उत्पादन सुरु गरेका थिए। त्यसपछि काठका मुडामा सिताके च्याउखेती विस्तार गर्दै लगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)