मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौंमा

bishowkhabar.com · Wed Nov 04 04:27:24 UTC 2026

काठमाडौं – भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन् । नेपालका परराष्ट्र सचिव अमृतबहादुर रायको निमन्त्रणामा उनी नोभेम्बर ४ र ५ गते नेपालमा रहनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा दुई देशबीचको समग्र सम्बन्धको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)