नेपालसँग सम्बन्धित १२औँ शताब्दीको दुर्लभ मञ्जुश्री मूर्ति दुई अर्व ३७ करोडमा हङकङमा लिलामी
ratopati.com · Wed Nov 04 04:34:20 UTC 2026

काठमाडाैँ । १२औँ शताब्दीमा निर्मित प्राचीन तथा दुर्लभ सुनौलो जलप लगाइएको तामाको मिश्रधातुबाट बनेको मञ्जुश्रीको मूर्ति हङकङमा १३ करोड ७३ लाख ५० हजार हङकङ डलर (करिब दुई अर्ब ३७ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ ।
क्रिस्टीज लिलामी गृहमा भएको लिलामीमा लामो समयसम्म प्रतिस्पर्धात्मक बोली चलेपछि उक्त मूर्ति अनुमानित न्यूनतम मूल्यभन्दा दोब्बरभन्दा बढीमा बिक्री भएको हो । यस बिक्रीसँगै हिमालय क्षेत्रमा निर्मित सुनौलो जलप लगाइएको कांस्य मूर्तिको लिलामीमा नयाँ विश्व कीर्तिमान कायम भएको छ । यो मूर्ति यस लिलामी सत्रमा सबैभन्दा उच्च मूल्यमा बिक्री भएको कलाकृतिसमेत बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)