मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सल्यानको वनमा लुकाएर राखिएको ५ नाल भरुवा बन्दुक बरामद

annapurnapost.com · Wed Nov 04 04:34:38 UTC 2026

काठमाडौं : सल्यानको सामुदायिक वनमा लुकाइछिपाई राखिएको ५ नाल भरुवा बन्दुक बरामद भएको छ। बनगाड कुपिण्डे नगरपालिका –०७ लेक सङ्ग्रहीस्थित सिम्टीगैरा सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार बिहान करिब ८:५५ बजे इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उक्त सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक तीन नाल साबुत र दुई नाल बेसाबुत गरी जम्मा पाँच नाल भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो । बरामद भएका भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)