पर्यटकीय सम्भावना बोकेको बुकाचो गढी ओझेलमा, संरक्षण र प्रचारमा नेपाली सेना सक्रिय
himalpress.com · Wed Nov 04 04:59:34 UTC 2026

काठमाडौँ- ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले भक्तपुरको सूर्यविनायक क्षेत्रमा सञ्चारकर्मीसहित पदयात्रा कार्यक्रम आयोजना गरेको छ। नेपाली सेनाले मंगलबार बिहान घ्याम्पेडाँडादेखि बुकाचो गढी हुँदै डोलेश्वरसम्म पदयात्रा सञ्चालन गरेको हो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतको नेतृत्वमा सम्पन्न उक्त पदयात्रामा विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो। सूर्यविनायकस्थित नेपाली सेनाको रणशेर गणले कार्यक्रमको आवश्यक व्यवस्थापन तथा समन्वय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)