मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बझाङमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ जना गम्भीर घाइते

kendrabindu.com · Wed Nov 04 05:01:22 UTC 2026

बझाङ । केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै डाँडाइजरस्थित सुडेधार खोलामा जिप दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

स्थानीयबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार जिपमा १३ जना सवार थिए । दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक दीपक बिष्टले बताए । दुर्घटनाको कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)