मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेट विवादले पछाडि धकेलियो विकासका काम

gorkhapatraonline.com · Wed Nov 04 05:10:16 UTC 2026

धनगढी, कात्तिक १८ गते । चालु आर्थिक वर्ष २०८३/८४ मा उत्पन्न बजेट विवादका कारण यो प्रदेश विकासनिर्माणमा पछाडि परेको छ । असोजसम्म बजेटविहीन प्रदेश सरकारले त्यसै महिनाको अन्तिममा बजेट ल्याए पनि विवाद भने अझै सुल्झिएको छैन ।

बजेटमा सत्तापक्षकै चर्को असहमति भएपछि संसदीय समिति गठन गरेर छानबिन गर्ने तयारी भइरहेको छ । समितिले बजेटमाथि छानबिन गरेर तयार पारेको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याउने सरकारको प्रतिबद्धता छ । बजेटमा विवाद र अन्योल कायमै रहेपछि आयोजना कार्यान्वयन गर्न ढिलाइ भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)