नेपाल लाइफको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति, लगानीमा जोखिम घट्यो
ictsamachar.com

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रेटिङमा स्तरोन्नति भएको छ । रेटिङ प्रदान गर्ने कम्पनी इक्रा नेपालले इन्स्योरेन्सको वित्तीय विवरणका आधारमा डबल 'ए' रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको लगानीमा जोखिम घटेको अर्थ दिन्छ । यसअघि इक्रा नेपालले कम्पनीलाई डबल ‘ए’ माइनस रेटिङ प्रदान गरेको थियो ।
इक्रा नेपालका अनुसार, कम्पनीको सोल्भेन्सी अनुपातमा सुधार, लगानीको विविधीकरण र बजारमा बलियो उपस्थितिका कारण रेटिङ बढाइएको हो । कम्पनीको सोल्भेन्सी अनुपात सन् २०२५ जुलाई मध्यमा १५४ प्रतिशत पुगेको छ । यो नियामकीय न्यूनतम सीमा १३० प्रतिशतभन्दा बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)