कर्णाली याक्सबाट एनपिएल खेल्न डेभिड मिलर काठमाडौँमा
gorkhapatraonline.com · Wed Nov 04 05:18:43 UTC 2026
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर नेपाल आइपुग्नुभएको छ ।
उहाँ आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । मिलरलाई एनपिएल टोली कर्णाली याक्सका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए । उहाँ पहिलोपटक नेपाल आउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)