च्याउखेतीबाट आत्मनिर्भर बन्दै अन्तराम
nagariknews.nagariknetwork.com · Wed Nov 04 04:51:03 UTC 2026

वैदेशिक रोजगारीका लागि विदेश पुगेका धेरै युवा स्वदेश फर्किएपछि फेरि रोजगारीको खोजीमा भौँतारिने गरेका छन्। तर डडेल्धुराका एक किसानले भने विदेश जाने क्रममा सिकेको सीपलाई गाउँमै प्रयोग गरेर व्यावसायिक च्याउखेतीबाट आम्दानी गर्न सफल भएका छन्।
गन्यापधुरा गाउँपालिका–१ रुवाखोला (असिग्राम) का अन्तराम जोशी अहिले आफ्नै गाउँमा सिताके र कन्या च्याउको व्यावसायिक खेतीमा रमाइरहेका छन्। उनले विसं २०७७ देखि परालमा कन्या च्याउ उत्पादन सुरु गरेका थिए। त्यसपछि काठका मुडामा सिताके च्याउखेती विस्तार गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)