क्रिकेटर डेभिड मिलर नेपालमा, कर्णाली याक्सबाट एनपीएल खेल्ने
baahrakhari.com · Wed Nov 04 05:20:07 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर नेपाल आइपुगेका छन् ।
उनी बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । मिलरलाई एनपीएल टोली कर्णाली याक्सका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए । उनी पहिलोपटक नेपाल आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)