मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अर्थमन्त्रीसमक्ष व्यापारीको करुण क्रन्दन

annapurnapost.com · Wed Nov 04 05:11:52 UTC 2026

माननीय अर्थमन्त्रीज्यू,

म एक सूचना प्रविधि व्यवसायी हुँ। प्रविधिले देशलाई आधुनिक, पारदर्शी र उत्पादनशील बनाउँछ भन्ने विश्वासका साथ केही युवालाई रोजगारी दिँदै, कानुनले तोकेको कर समयमै तिर्दै र प्रत्येक कारोबारको व्यवस्थित लेखा राख्दै आएको एक सामान्य नागरिक हुँ। म सेवा दिन्छु, बिल जारी गर्छु, भ्याट बुझाउँछु र लेखापरीक्षण गराउँछु; तर आफ्नै कमाइबाट काटिएको कर आफ्नै खातामा दाखिला गराइदिन क्रेतालाई पटक–पटक फोन, इमेल र बिन्ती गर्नुपर्छ। केही समयअघि ‘कर प्रक्रियामा सरलीकरण’ शीर्षकको लेखमा पनि यही पीडा उठाएको थिएँ। फेरि लेख्न बाध्य छु, किनकि यो कर नतिर्ने आग्रह होइन; कर तिर्दातिर्दै प्रक्रियाबाट अपमानित असंख्य व्यवसायीको करुण पुकार हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)