मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठका भाँडा बनाउने पेसा सङ्कटमा

gorkhapatraonline.com · Wed Nov 04 05:29:53 UTC 2026

गोरखा, कात्तिक १८ गते । कुनै समय गाउँघरमा दुध, दही, घिउदेखि अन्नसम्म काठका भाँडामा राखिन्थे । ढुङ्ग्रो, ठेकी, हर्पे, मदुसलगायतका सामग्रीको माग उच्च हुँदा काठ कुँदेर भाँडा बनाउनेलाई भ्याइ नभ्याइ हुन्थ्यो तर अहिले प्लास्टिक, स्टिल र आधुनिक भाँडाकुँडा प्रयोग बढेसँगै यो परम्परागत पेसा नै सङ्कटमा परेको छ । गोरखा नगरपालिका–१४, गोप्लिङका राजु चुनार आफूले बनाएका भाडाँकुँडा बिक्री नहुँदा चिन्तित हुनुहुन्छ । १३ वर्षको उमेरदेखि बुवासँगै यो पेसामा लाग्नुभएका उहाँले पुख्र्यौली सिपलाई अझै निरन्तरता दिनुभएको छ ।

बजारमा माग घटेपछि यही पेसाबाट परिवार पाल्न मुस्किल परेको उहाँ सुनाउनुहुन्छ । “पहिले हामीलाई भाँडा पुर्‍याउनै मुस्किल थियो, अहिले बिक्री गर्नै गाह्रो छ,” चुनारले भन्नुभयो । घरनजिकैको अकला मन्दिर छेउमा उहाँले काठका सामग्री बनाउने गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)