आर्थिक चिन्ता र राजनीतिक असन्तुष्टिले अमेरिकी युवा मतदाताको मध्यावधि निर्वाचन प्राथमिकता निर्धारण गर्दै
emountaintv.com · Wed Nov 04 05:16:23 UTC 2026

अमेरिकामा भएको मध्यावधि निर्वाचन जारी रहँदा युवा मतदाताहरूमा आर्थिक चिन्ता र राजनीतिक प्रणालीप्रतिको असन्तुष्टि बढ्दै गएको देखिएको छ ।
युवा अमेरिकी मतदाताहरूले बढ्दो महँगी, घरजग्गाको मूल्य, इन्धनको लागत, प्रजनन स्वास्थ्य अधिकार तथा आप्रवासी समुदायमाथि भइरहेका कारबाहीलाई प्रमुख चासोका विषय बनाएका छन् । सिलिकन भ्यालीकी विद्यार्थी माया ओर्सीले बढ्दो जीवनयापन खर्च आफ्नो प्रमुख चिन्ता रहेको बताएकी छन् । उनले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार र आप्रवासी समुदायप्रति भइरहेको व्यवहारबारे पनि चासो व्यक्त गरेकी छन् । त्यस्तै, विद्यार्थी कालेइ केलीले घरजग्गाको मूल्य अत्यधिक बढेकाले आफ्नो पुस्ताका लागि घर किन्न कठिन हुँदै गएको बताएकी छन् । यसअघिको पुस्ताभन्दा पछिल्लो पुस्ताको आर्थिक अवस्था कमजोर हुनुको कारणबारे उनले प्रश्नसमेत गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)