सिक्किममा नेपथ्यको यस्तो क्रेज, १४ घण्टासम्मको यात्रा गरेर झुम्न पुगे दर्शक
kalakarmi.com · Wed Nov 04 05:26:57 UTC 2026

गान्तोक- नेपाली लोकरक ब्यान्ड नेपथ्यको प्रस्तुतिमा आइतवार राति सिक्किमको राजधानी गान्तोक सङ्गीतमय बनेको छ। विशाल दर्शक उपस्थिति र उत्साहपूर्ण माहोलबीच सम्पन्न कन्सर्टलाई स्थानीय बासिन्दाले ऐतिहासिक क्षणका रूपमा व्याख्या गरेका छन्।
गान्तोकस्थित राज्यकै मुख्य रङ्गशालामा आयोजित कन्सर्टमा दर्शकको उल्लेख्य उपस्थिति थियो। सामान्यतया प्यारापिटमा बसेर खेल हेर्ने दर्शक यसपटक नेपथ्यका गीतमा झुमेका थिए। रङ्गशालाभित्र प्रस्तुति चलिरहँदा बाहिरसमेत प्रवेशका लागि दर्शकको भीड लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)