भारतका विदेश सचिव मिश्री नेपाल भ्रमणमा
nagariknews.nagariknetwork.com · Wed Nov 04 05:29:28 UTC 2026

भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने नेपालको औपचारिक भ्रमणका लागि आज बिहान यहाँ आएका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन्।
भ्रमणका क्रममा परराष्ट्र सचिव राईले विदेश सचिव मिश्रीसँग द्विपक्षीय छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा र आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन्। यसले दुवै देशबीच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)