मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बझाङमा जिप दुर्घटना, दुई जनाको मृत्यु

gorkhapatraonline.com · Wed Nov 04 05:37:20 UTC 2026

बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरनजिकै जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामी रहेका छन् । दुवै जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय दलबहादुर धामीले जानकारी दिनुभयो । दुर्घटनामा छ जना गम्भीर घाइते भएका छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)