मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अलपत्र सडकको ठेक्का तोडियो

gorkhapatraonline.com · Wed Nov 04 05:25:52 UTC 2026

पर्वत, कात्तिक १८ गते । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण बर्सौंसम्म अलपत्र परेका पर्वतका आयोजनामा पूर्वाधार विकास कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ । पटक पटक म्याद थप गर्दा पनि काम नसकिएपछि महाशिलाको एक सडक आयोजनाको ठेक्का सम्झौता तोडिएको छ भने अरू दुई आयोजनाका निर्माण व्यवसायीलाई तत्काल काम सुरु गर्न निर्देशन दिइएको छ ।

पूर्वाधार विकास कार्यालय पर्वतले लुङ्खुदेउराली–मिलनचोक–रालाकोट–होस्राङ्दी सडक स्तरोन्नति आयोजनाको ठेक्का सम्झौता अन्त्य गरेको हो । पाँच किलोमिटरको यो सडक कालोपत्र गर्ने गरी २०७८ जेठ १८ गते पिआर/ओम बुद्ध जेभी, वसुन्धारा काठमाडौँसँग सम्झौता भएको थियो । १८ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले काम पूरा गर्न सकेन । त्यसपछि कार्यालयले दुई पटक म्याद थप गरी २०८१ फागुन ३० गतेसम्मको समय दिएको थियो । थपिएको अवधिमा पनि कामले अपेक्षित गति लिन नसकेपछि कार्यालयले गएको असोज ८ गते ठेक्का तोडेको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर विज्ञान पौडेलले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)