मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

kendrabindu.com · Wed Nov 04 05:50:55 UTC 2026

काभ्रे । तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् । पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त छन् । परदेशमा १७ वर्ष बिताएर फर्किएका उनले पाँच रोपनीबाट सुरु गरेका फूलखेती अहिले १४ रोपनीमा विस्तार भएको छ ।

नौ वर्षअघि स्वदेश फर्किएका घिमिरेले सुरुका दुई–तीन वर्ष कुनै काम गरेनन् । तर, लामो समय काम गरेर बिताएका उनलाई घरमै निस्क्रिय भएर बस्न सहज भएन । आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचसहित उनले कृषि व्यवसाय रोजे । यसमा परिवारबाट पनि पूर्ण साथ र सहयोग प्राप्त भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)