मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोल्पामा खेलाडी छनोट प्रतियोगिता सुरु

gorkhapatraonline.com · Wed Nov 04 05:55:29 UTC 2026

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि रोल्पामा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । जिल्लाका विभिन्न खेल विधामा प्रतिभावान खेलाडी छनोट गरी राष्ट्रियस्तरमा प्रतिस्पर्धा गराउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो ।

जिल्ला खेलकुद विकास समिति रोल्पाको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाका दश वटै स्थानीय तहबाट खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा विभिन्न ११ वटा खेल विधामा प्रतिस्पर्धा भइरहेको छ । छनोट प्रतियोगितामा कुल ३१२ जना खेलाडी सहभागी हुने जिल्ला खेलकुद विकास समिति रोल्पाले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)