मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्चको फैसला संगठित अपराधमा गम्भीर चुनौती भन्दै सरकार पुग्यो सर्वोच्च

barnanmedia.com · Wed Nov 04 06:02:14 UTC 2026

काठमाडौं । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरको फैसलाका कारण आर्थिक तथा संगठित अपराधको अनुसन्धान र अभियोजनमाथि नै गम्भीर चुनौती खडा गरेको दाबीसहित सरकार सर्वोच्च अदालत पुगेको छ ।

दसैँ बिदा सकिएलगत्तै उच्च अदालतको फैसला उल्ट्याउन माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको हो । ठूलो परिमाणको अवैध कारोबारको सून बरामद भए पनि प्रतिबादीलाई सफाई दिइएको भन्दै पुनरावेदन निवेदनमा ‘कानुनी रूपमा गम्भीर त्रुटि’ देखाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)