एनआईसी एसिया बैंकलाई राइट सेयर निष्कासनको अनुमति
clickmandu.com · Wed Nov 04 06:11:11 UTC 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआईसी एसिया बैंकलाई राइट सेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले बैंकलाई १ः०.५० अनुपातमा राइट सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।
बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता राइट सेयर निष्कासनका लागि अुनमति माग गरेको थियो । जसलाई बोर्डले कात्तिक १७ गते मंगलबार अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)