मनास्लु क्षेत्रमा निरन्तर सुख्खा पहिरो
annapurnapost.com · Wed Nov 04 06:11:41 UTC 2026

गोरखा : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुख्खा पहिरो झरिरहेको छ । चुमनुब्री गाउँपालिका ५ क्य्राकमा मंगलबार बिहानदेखि अहिलेसम्म सुख्खा पहिरो झरिरहेको वडाअध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए ।
क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा करिब आधाघण्टाको पैदल दुरीमा पहिरो गएको लामाले जानकारी दिए । ‘क्य्राकबाट सेराङ जाने बाटोमा पर्ने बुम्राङमा ठूलो सुख्खा पहिरो झरिरहेको छ’, वडाअध्यक्ष लामाले भने,‘हिजो बिहान ११ बजेतिर बेस्सरी धुवाँ उँडेर पहिरो झर्यो । हामी एक बजेतिर गएर हेरेर फक्र्यौँ । फेरि अहिले गएराति उस्तैगरी झर्यो । अहिले हेर्न जाउँ भनेर खोजेको निरन्तर झरिरहेको छ । जान सकिएन ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)