उपत्यकामा एकैदिन ६०८ सवारीचालक कारबाहीमा
khabarhub.com · Wed Nov 04 06:26:55 UTC 2026

काठमाडौँ – काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६०८ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९, सिसीटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने २३ र तीव्रगतिमा सवारी चलाउने ५८ जना रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)