काठमाडौं नजिकैको पाँचपोखरी गाउँपालिकामा पहिलोपटक सडक कालोपत्रे हुँदै
nepalpress.com · Wed Nov 04 06:25:43 UTC 2026

काठमाडाैं सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा सडक कालोपत्रेको काम सुरु भएको छ। पहिलोपटक गाउँपालिकामा सडक कालोपत्रे सुरु भएको हो। काठमाडौंबाट ५५ किलोमिटर दूरीमा रहेको गाउँपालिकामा हालसम्म पालिकाभर कतैपनि कालोपत्रे गरिएको सडक छैन ।
गाउँपालिकाको गाईपाईले–गुन्सा हुँदै रैथाने जोड्ने सडकअन्तर्गत पहिलो चरणमा करिब एक किलोमिटर सडक कालोपत्रे र एक सय मिटर सडक ढलान गर्न लागिएको हो। मेलम्ची–तिपेनी–भोताङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक निर्माण कार्यको गाउँपालिका अध्यक्ष टासी लामाले एक कार्यक्रमबीच शिलान्यास गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)