मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपत्यकामा एकैदिन ६०८ सवारीचालक ट्राफिक कारबाहीमा

rajdhanidaily.com · Wed Nov 04 06:30:04 UTC 2026

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ६०८ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९, सिसीटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको संकेत उल्लंघन गर्ने २३ र तीव्रगतिमा सवारी चलाउने ५८ जना रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)