मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

शर्मिलाले ल्याइन छठ गीतमा ‘करीले परबिया’, कल्पना पटवारीको स्वर

kalakarmi.com · Wed Nov 04 06:35:09 UTC 2026

काठमाडौं– भारतीय गायिका कल्पना पटवारीको छठ गीत ‘करीले परबिया’ सार्वजनिक गरिएको छ । आउँदो छठ पर्वलाई लक्षित गर्दै तयार गरिएको भोजपुरी भाषाको छठ गीतमा मधेश प्रदेशका कलाकार तथा जनकपुरधामका धार्मिक स्थलहरू देख्न सकिन्छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको गीतलाई फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापाले निर्माण गरेकी हुन् ।

उडान इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत हेरेपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले गीत र कलाकारहरूको प्रशंसा गरे । उनले मधेश प्रदेशमा यस स्तरको सम्भवतः पहिलो पटक यस्तो गीत निर्माण भएकोमा गर्व महसुस भएको बताए । साथै, उनले आगामी दिनमा निर्माता र सम्पूर्ण टिमलाई थप ऊर्जाका साथ यसै प्रकारका गीत–संगीत र चलचित्रहरू पनि निर्माण गर्न आग्रह गरे । उनले मधेश प्रदेश सरकार कलाकार र धर्म–संस्कृति प्रवद्र्धनका लागि सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)