मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पटाका र झण्डै २ लाख रकमसहित दुई भारतीय नागरिक पक्राउ

annapurnapost.com · Wed Nov 04 06:37:08 UTC 2026

काठमाडौं : चितवनबाट पटाकासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। भरतपुर महानगरपालिका -०३ स्थितबाट ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरका पटाका सहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरूबाट झिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत ८० हजार ३७२ थान पटाका बरामद गरिएको हो । बरामद पटाकाको अनुमानित बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ रहेको छ । उनीहरूको साथबाट १ लाख ७२ हजार ३०० रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)