घाँस काट्ने क्रममा लडेर ६४ वर्षीय वृद्धको मृत्यु
ratopati.com · Wed Nov 04 06:42:59 UTC 2026

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन्।
प्रहरीका अनुसार बुधबार बिहान करिब ८ः १० बजे आफ्नै गोठघर नजिकै दक्षिणतर्फ रहेको बकाइनोको रुखमा चढेर घाँस काट्ने क्रममा थिङ अचानक लडेका थिए। रुखबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल पुर्याइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)