राज्यव्यवस्था समितिको बैठक बोलाउन माग
baahrakhari.com · Wed Nov 04 06:43:32 UTC 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेका छन् । उनले समिति सभापति हरि ढकाललाई बैठक बोलाउन माग गरेका हुन् ।
पछिल्लो समय नेपाल प्रहरीका महानिरीक्षक र सरकारबीच देखिएको तिक्तता, बिनाकसुर पत्रकारहरू पक्राउ गरिनु, राज्यशक्तिको चरम दुरुपयोग हुनु तथा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा लगिएका व्यक्तिको मोबाइल फोन जफत गरिनुजस्ता गम्भीर र चिन्ताजनक घटनाहरू सार्वजनिक भएको भन्दै छलफल गर्नुपर्ने माग राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)