तिहार नजिकिएसँगै माटोको भाँडा बनाउन भ्याइनभ्याई
khabarhub.com · Wed Nov 04 06:42:37 UTC 2026

राँझा – तिहार पर्व नजिकिँदै गर्दा नेपालगन्जका कुम्हाल बस्तीमा अहिले माटोको भाँडा बनाउन भ्याइनभ्याइ छ । आधुनिकताले हराउँदै गएको माटाको भाँडा बनाउने पुर्ख्यौली पेसालाई जोगाउन यहाँका कुम्हाल समुदायका घरहरूमा अहिले माटो मुछ्ने, चक्र घुमाउने र दियो–पाला सुकाउने कामको व्यस्तता देखिन्छ ।
वर्षभरि सुनसानजस्तै बन्ने यो समुदायमा चाडपर्वको आगमनसँगै रौनक र व्यस्तता एकाएक बढेको नेपालगन्ज उपमहानगरपालिका–१३ का रमेश कुम्हालले बताउ । उनका अनुसार तिहार पर्व नजिकिँदै गर्दा नेपालगन्जका कुम्हाल बस्तीमा अहिले बेग्लै चहलपहल छाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)