घाँस काट्न रुख चढेका ६४ वर्षीय वृद्धको लडेर मृत्यु
bishowkhabar.com · Wed Nov 04 06:50:20 UTC 2026

काठमाडौं – बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ औराहामा रुखबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन्। बुधबार बिहान आफ्नै गोठघर नजिकै रहेको बकाइनोको रुखमा चढेर घाँस काट्ने क्रममा उनी अचानक सन्तुलन गुमाएर खसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)