विद्यालयमा एआई प्रयोगसम्बन्धी नीतिलाई लिएर गुगलको चर्को आलोचना
clickmandu.com · Wed Nov 04 06:49:54 UTC 2026

एजेन्सी । विद्यालयहरूमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी आफ्नो नयाँ नीतिलाई लिएर चर्को राजनीतिक आलोचना खेपेपछि प्रविधि क्षेत्रको अग्रणी कम्पनी गुगल रक्षात्मक स्थितिमा पुगेको छ । अमेरिकाका सार्वजनिक विद्यालयहरूमा जबर्जस्ती एआई सेवा लाद्न खोजेको आरोप लागेपछि कम्पनीले आफ्नो नीतिको बचाउ गर्दै स्पष्टीकरण दिएको छ ।
गुगलले ‘लर्निङका लागि जिम्मेवार एआईको विकास’ शीर्षकमा एक ब्लग पोस्ट जारी गर्दै आफ्नो ‘गुगल क्लासरुम’ प्लेटफर्ममा ‘गाइडेड लर्निङ’ नामक नयाँ एआई उत्पादन ल्याएको घोषणा गरेको थियो । तर, द न्युयोर्क टाइम्सले प्रकाशित गरेको एक रिपोर्टमा कुनै विद्यालयले एआई फिचरलाई पूर्ण रूपमा अस्वीकार गरेमा गुगलले त्यस्ता विद्यालयहरूका लागि आफ्नो सर्च इन्जिन सेवासमेत बन्द गरिदिने उल्लेख भएपछि यो विवाद एकाएक चर्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)