अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता, दुवै सदनमा बहुमतको सम्भावना
khabarhub.com · Wed Nov 04 06:54:45 UTC 2026

वासिङ्टन – अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले रिपब्लिकनका महत्त्वपूर्ण सिट खोस्दै कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण हासिल गर्ने सम्भावना बलियो बनाएको छ। रिपब्लिकनको प्रभाव रहेका क्षेत्रमा समेत डेमोक्रेटिक उम्मेदवार विजयी हुन थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमाथि राजनीतिक दबाब बढ्ने देखिएको छ।
दक्षिण क्यारोलिनामा डेमोक्रेटिक उम्मेदवार एनी एन्ड्र्युजले रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमलाई पराजित गर्नुभएको छ। उहाँ उक्त राज्यबाट सिनेटमा निर्वाचित हुने पहिलो महिला बन्नुभएको छ। साथै, दुई दशकभन्दा बढी समयपछि दक्षिण क्यारोलिनाबाट सिनेट सिट जित्ने पहिलो डेमोक्रेट पनि बन्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)