मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय विदेश सचिव मिस्रीद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता

ratopati.com · Wed Nov 04 07:00:09 UTC 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल–भारतबिचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा नेपाल र भारतबिचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबिच रहिआएको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा मन्त्री खनाल र सचिव मिस्रीबिच छलफल भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)