धवलागिरि गाउँसभाबाट थप ६ करोड बजेट विनियोजन
gorkhapatraonline.com · Wed Nov 04 07:06:10 UTC 2026

म्याग्दीको धवलागिरि गाउँपालिकाको विशेष गाउँसभाले चालु आर्थिक वर्ष २०८३–८४ का लागि थप ६ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाको मुनामा सम्पन्न २७ औँ विशेष गाउँसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेको बजेटलाई चालु आर्थिक वर्षका २७ वटा योजना तथा कार्यक्रममा समावेश गर्दै बजेट संशोधन गरेको हो । सडक पुल र सडक निर्माणलाई प्राथमिकतामा राखेर थप बजेट विनियोजन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)