मुख्य सामग्रीमा जानुहोस्

समाचार

Education

श्रम बजारको मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम बनाउनुपर्छ :  मुख्यमन्त्री आचार्य

ratopati.com · Wed Nov 04 07:17:39 UTC 2026

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रम बजारको आवश्यकता र निजी क्षेत्रको मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताएका छन् । बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण घट्दै गएको उनको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बुधबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको प्राविधिक तथा व्यावसायिक सीप र निजी क्षेत्रको सीप आवश्यकतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्राविधिक शिक्षालाई उद्योग तथा श्रम बजारसँग जोड्नुपर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)