मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

ratopati.com · Wed Nov 04 07:23:03 UTC 2026

काठमाडौँ । बागमती प्रदेश सरकारले राइड सेयरिङमा प्रयोग हुने दुई पाङ्ग्रे सवारीसाधन (मोटरसाइकल तथा स्कुटर) लाई सार्वजनिक सवारीका रूपमा दर्ता गर्ने बाटो खुला गरेसँगै यातायात कार्यालयमा दर्ता प्रक्रिया सुरु भएको छ । यसै क्रममा यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा, काठमाडौँबाट हालसम्म एउटा कम्पनीमार्फत ५ वटा मोटरसाइकल कालो प्लेटमा दर्ता भइसकेका छन् ।

लामो समयदेखि निजी नम्बर प्लेट (रातो प्लेट) मा सञ्चालन भई कानुनी र व्यावहारिक रूपमा विवादित बन्दै आएको राइड सेयरिङ सेवालाई औपचारिक रूपमै सार्वजनिक यातायातको मान्यता दिने यो कदमलाई यातायात व्यवसायीले सकारात्मक रूपमा लिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)