एक करोडमाथिको इञ्जिनियरिङ बिमामा स्थलगत निरीक्षण अनिवार्य
baahrakhari.com · Wed Nov 04 07:27:13 UTC 2026

काठमाडौं । नेपाल बिमा प्राधिकरणले पूर्वाधार निर्माणसँग सम्बन्धित इन्जिनियरिङ बिमालाई संशोधन गर्दै नयाँ व्यवस्था ल्याउने भएको छ । प्राधिकरणले ‘इन्जिनियरिङ बिमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा तयार पार्दै बिमा गर्दा जोखिम मूल्यांकनलाई कडाइ गर्ने व्यवस्था प्रस्ताव गरेको हो ।
प्राधिकरणले मस्यौदामार्फत एक करोड र सोभन्दा माथिको बिमामा स्थलगत निरीक्षणलाई अनिवार्य बनाउने प्रस्ताव गरेको छ । परियोजनाका जोखिमहरूको मूल्यांकनलाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यअनुरूप प्राधिकरणले स्थलगत निरीक्षणमा जोड दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)