रुखबाट लडेर मृत्यु
annapurnapost.com · Wed Nov 04 07:19:28 UTC 2026

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहमा बुधबार बिहान रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन् ।
थिङ आफ्नै घर नजिक बकाइनोको रुखमा चढी घाँस काट्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई तत्कालै जीतपुरसिमरा नगर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)