मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने

ratopati.com · Wed Nov 04 07:45:53 UTC 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले बबरमहलस्थित कार्यालयबाट कात्तिक १९ र २० गते सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न लागेको हो ।

महाशाखाले बुधबार जारी गरेको अनुसार प्रतिव्यक्ति २५ ग्रामको सुनको असर्फी एक थान र १० ग्रामका चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित) एक–एक थानका दरले बढीमा दुई थान बिक्री गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)