मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा

ratopati.com · Wed Nov 04 07:52:38 UTC 2026

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति तथा सेवा सुविधा लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट प्रवीणता प्रमाणपत्र तह (आईए) उत्तीर्ण गरेको भनी २०५५ वैशाख ८ गते विभागमा झुट्टा प्रमाणपत्र पेस गरेका थिए। सो प्रमाणपत्र जारी गर्ने निकायबाट प्रमाणीकरण गराउँदा उनको नाम र कुल प्राप्ताङ्क त्यहाँको अभिलेखसँग मेल नखाएको आयोगले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)